गुल्मी, चैत्र १० | यसबेला गुल्मी जिल्लामा सडक निर्माण मा निकै ठुला बजेट परेका छन् | एक्काइस बर्षदेखी जनतामा अधुरै रहेका विकासका निर्माणमा काम यसपटक ठुला ठुला बजेट बिनियोजन भएपछी जनतामा केहि आशा पलाएको छ जिल्लामा केहि हुन्छ की भन्ने | हुन त् एक्काइस बर्षदेखी पटक पटक आश लाग्दा नेतालाई जिताउदै राजधानी पठाउदै गर्दा पनि जिल्ला विकास बजेटमा हातमा लाग्यो सुन्य भएपछी जनता निराश मात्र भएनन् नेतामाथी भरोसा नै गर्न छोड्न थालेका थिए |
पछिल्लो पटक जिल्लामा धमाधम विकास बजेट पर्न थाले | त्यो पनि चानचुने होइन करोडौं बजेटका | जनताको मस्तिस्कमा अहिले हेर है केहि हुन्छ कि भन्ने आश पलाउन थालेको पनि देखिन थालेको छ |
पछिल्लो पटक जिल्लामा यति ठुला बजेट योजना कसरी परे त ? धेरैलाई यसबारे जिज्ञासा हुनु पनि स्वभाबिक हो | अहिले सामाजिक संजाल तथा केहि अनलाइनहरुमा जिल्लामा परेका ती ठुला विकास बजेट आ-आफ्नै पहलमा सम्भब भएको केहि नेताहरुले बताएको भनेर खबर सनसनी भएको पाईएको छ | कुन नेताको दाबी कति सत्य हो तर एकजना बुद्धिजीबी बताउछन् जिल्लामा विकास बजेट पर्नमा संसद चन्द्र भण्डारीको प्रमुख हात छ | उनी एक्लैको पहलमा यो सम्भब भयो भन्न नमिलेपनि उनको बिसेष पहलले यो सबै सम्भब भएको उनको तर्क छ |
संसद भण्डारी जिल्लाबाट दुइपटक मात्र चुनाब लडे | करिब दुइ दशकमा नेपाली कांग्रेशका नेता चन्द्र भण्डारीले क्षेत्र नम्बर २ गुल्मीमा एमालेमा प्रभावशाली मानिएका नेता प्रदिप ज्ञवालीलाई हराएर चुनाब जिते | चुनाबी मैदानमा बुटवल साल्झंडी-तम्घास फास्ट ट्रयाक, जनता मालीक नेता जनताको नोकर भन्ने र विकासको लागी आफ्नो राजनीति भन्ने भावना लिएर गाउँगाउँ पुगेका नेता भण्डारीले जनताको मन जितेर चुनाब जित्न सफल भएको बुद्धिजिबीहरु तर्क गर्छन |संसद भण्डारीले आफुले नारा बोलीमा मात्र होइन सार्थक नै बनाएर देखाउने प्रण गरेको बताउछन् |
संसद भण्डारीले आफु संसद भएपछि फास्ट ट्रयाक योजनालाई तुरुन्तै अघि बढाए पनि | अहिले बुटवल सालझंडी ट्रयाक खोल्ने काम खर्ज्यांगसम्म सम्पन्न भइ पनि सकेको छ | भर्खरै खर्ज्यांग-चारपाला-शान्तिपुर् सडकको लागी पनि १३ करोड बजेट बिनियोजन भएको छ | उनले सरकारलाई पटक पटक ध्यानाकर्षण गराएको भन्दै यो समाचारदाता समक्ष प्रमाणको प्रतिलिपि पनि पेश गरेका छन् | उनले पहल धेरैले गरेका हुन्सक्छन, पहललाई सफल बनाउन दिन रात लडेर मुख्य सचिब लिलामणि पौडेल र आफ्नो पार्टीको नेत्रितोको सरकारलाई घचघच्याउने काम आफुबाटै भएको संसद भण्डारी बताउछन् | उनको दाबीलाई सामाजिक संजालमार्फत टिप्पणी गर्नेले लेखेका छन्- संसद भण्डारीले पहल गरेकोले नै सबै सम्भब भएको हो, नत्र २१ बर्षसम्म किन जिल्लामा कुनै विकास बजेट पर्न सकेनन् ? टिप्पणीमा म भण्डारीको पार्टीको मान्छे त् होइन, २१ बर्षसम्म हाम्रा जिल्लाका नेताले पहल त् गरे होलान कुनै विकास बजेट परेको सुनिएन, या बजेट परेर आफै खाए त्यो थाहा भएन, संसद भण्डारीले गरेको काम हामीले अहिले राम्रोसंग अनुभूति गरेका छौं, बजेट बिनियोजन भएका छन् उनको पालोमा, काम सम्पन्न हुन भनेर हामीले कामना गरेका छौँ भनेर लेखिएको पनि भेटिएको छ |
संसद भण्डारीले गुल्मीको सडकलाई ५० करोड बढी बजेट पार्ने काममा आफ्नो बिसेष पहल रहेको बताएका छन् | उनले आफ्नो सामाजिक संजालको माध्यम बाट आफु विकासको लागी राजनीति गरेको र आफुले जिल्ला र देशको लागी के कति काम गर्ने नगर्ने भबिस्यले देखाउने भन्दै त्यो समय कुर्न चुनौती सम्म दिएका छन् | उनले आफुले आफ्नो संसदको तलब जिल्लाको सडक, खानेपानी, शिक्षा र बिपन्न परिवार र बर्गको लागी खर्चिदै आएको कुरा, कुरा काट्नु अघि बिबेकशील भएर मनन गर्न पनि आग्रह गरेका छन् |