गोर्खाको एकघरमा आकाशबाट ढुंगा बर्षीन थालेपछि आरुघाटबासी आश्चर्य चकित

तस्बिर : गुगल
गोरखा, चैत ११ – गोरखाको आरुघाट बजार नजिकै रहेको आरुपोखरी २ कुडुलेस्थित रोशन बानियाँको घरमा गत चैत ६ गते साँझ ६:३० देखि अपत्यारिलो घटना भइरहेको छ ।
घरको छानादेखि चुल्होसम्म अज्ञातस्थलबाट ढुंगा लगायतका वस्तुहरु खसिरहेका छन् ।

घटनाबाट त्रशित परिवारले प्रहरी गुहारे पछी सोमबार दिउँसो घटनास्थल पुगेको प्रहरीले अनुसन्धान सुरु गरेको छ । सो घटनाको अनुसन्धान गरिरहेका ई प्र का आरुघाटका प्रहरी निरीक्षक रवीराज थपलियाले भने -”आजै मात्र लगातार ३ घण्टा देखि म घटना स्थलमा छु , घटना स्थलको वर पर २ किलोमीटर सर्च गर्दा कुनै मानबिय गतिबिधि देखियन | तर लगातार ५ /१० मिनेटको अन्तरालमा टिनको छानोमा ढुंगा बर्सन्छ तर कहाँ बाट आयो देखिदैन र सिधै घर भित्र भान्साकोठामा जम्मा हुन्छ मैले केहि ढुंगा त जम्मा गरि डोकाले छोपेर राखेको छु |”

सो ठाउमा गत वर्ष भूकम्पले घर भत्किएर टिनको छानो भएको कटेरो हाली रोशन बानियाँको परिवार , कृष्ण बानियाँ तथा आमा सिता बानियाँ बसोबास गर्दै आएका छन् |
आरुघाट बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. बीरेन्द्र पुडासैनीले जनाए अनुसार गत वर्ष बैसाख २ गते निज सिता बानियाँका पतिको निधन भएको थियो, उनि धामी झाँक्रीको काम गर्दथे , त्यसैले त्यहाँका स्थानीयहरू भने देवता रिसाएर सो काम गरेको भनि धुप धुमार गरिरहे पनि ढुंगा बर्साउने क्रम भने रोकिएको छैन |
घरकी जेठी बुहारी नानिमाया बानियाँका अनुसार शनिबार साँझ एक्कासी घरको जस्ताको छानोमा केही खसेको आवाज आएको थियो । हेर्दा ढुंगा रहेछ । त्यसपछि लगातार आवाज आइरह्यो र ढुंगा खसिरहे । साँझ ६ बजेतिर सुरु भएको ढुंगा खस्ने क्रम राति ११ बजेसम्म चल्यो । त्यतिबेलासम्म सारा गाउँलेहरु घर वरपर जम्मा भइसकेका थिए ।
सुरुमा कसैले तर्साउन गुलेलीले हानेको अनुमान परिवार र गाउँलेले गरेका थिए । एकोहोरो ढुंगा वर्षिएपछि गाउँलेले वरपर व्यापक ‘सर्च’ गरे । तर, केही भेटिएन । राति ११ बजेसम्म ढुंगा झर्ने क्रम नरोकिएपछि सबैजना आ-आफ्ना घरमा गएर सुते । भोलिपल्ट पनि यही क्रम चल्यो । अहिले गाउँलेहरु ठान्छन्, यो मानिसले गरेको हुँदै होइन ।
‘अहिले त घरभित्रैका सामान पनि खस्न थालेका छन् । हामीले खाटमुनी राखेको साबुनको डल्लो पनि खस्यो । धारामा राखेको गिलास पनि खस्यो,’ बानियाँले भनिन् ।
सीताका तीन घर आसपासमा छन् । जसमध्ये बीचको घर मूल घर हो, जहाँ ढुंगा खसिरहेको छ । भूकम्पले क्षति भएपछि यो घरको माथिल्लो तला भत्काएर एक तल्ले बनाएर टिनको छानो हालिएको हो । त्राशले गर्दा परिवारका सदस्य अन्य दुई घरमा सुत्न थालेका छन् । यद्यपि, अहिलेसम्म मानिसलाई एकपटक पनि ढुंगाले लागेको छैन । अहिले सम्म पनि त्यहाँ स्थानीयको भिड लागिरहेको छ भनेर अनलाइन क्यापिटल खबरमा खबर छ |