युवा नेता चन्द्र भण्डारीले आफु राजनीतिमा लाग्नुको कारण अभिव्यक्त गरेका छन् | उनले आफु राजनीतिमा आउनुको कारण देश र प्रजातन्त्रमाथि आच आउन नदिनको लागी रहेको बताएका छन् |
उनी गुल्मी क्षेत्र नम्बर २ बाट निर्बाचित संसद हुन् | उनले आफ्नो जिल्लामा भइरहेका बिकास योजना सडक, खानेपानी, सिंचाइ लगायतका योजना जनता सामु रहेको बताउंदै विगत र वर्तमानको समिक्षा जनताको जिम्मामा रहेको पनि बताएका छन् |
उनले आफुले पाउने पारिश्रमिकबाट सुविधा पाएका बिधालय, बिधार्थी र
असाहयहरुलाई बुझीदिए अरुको कुरा काट्न गौरव ठान्नेहरु केही विवेकशिल
हुने थिए कि? भनेर सामाजिक संजालको माध्यमबाट प्रस्न पनि गरेका छन् |
उनले सामाजिक संजालमार्फत यस्तो बताएका छन् |
" म राजनीतिमा लाग्नु ठिक थियो थियन पछि समिक्षा गरौला । तर म राजनीतिमा लाग्नुका कारण -
१-देश र प्रजातन्त्र माथि आच आउन नदिनु ।
२-आफनो जिल्ला हुदै देशको विकाश गर्नु ।
३-आफुलाइ नैतिक , इमान्दारिता र लगनसिलताको कसीमा परिक्षण गर्नु ।
संविधान र्निमाणको क्रममा कस्को के भुमिका र-यो आवस्यक प-यो र राष्ट्रले लाएक ठानेमा अनुसंधान होला ।
जिल्लामा भइरहेका बिकास योजना सडक . खानेपानी , सिंचाइ लगायतका योजना जनताका सामु छन । विगत र वर्तमानको समिक्षा जनताको जिम्मामा ।
जहाँ सम्म सभासदले पाउने पारिश्रमिकबाट सुविधा पाएका बिधालय , बिधार्थी र
असाहयहरुलाई बुझी दिए अरुको कुरा काट्न गौरव ठान्नेहरु केही विवेकशिल
हुने थिए कि ?
समय पनि बिताय चाल पनि पाए भन्ने कुरालाइ मन्न गर्दै
अरुको कामको कदर गर्न सिक्नु पर्दछ । राम्रा काम गर्न र स्वाभिमानमा रहन
कति चुनौतीको सामना गर्नु पर्दछ एक पटक गरेर त देखाउ !!!"
युवा नेता चन्द भण्डारी जनता मालिक र नेता जनताको नोकर भएको मान्यता राख्ने नेता हुन् | उनले जिल्ला र देश विकासको लागी आफुले राजनीति गरेको बताएका छन् |