बेहोसी थिएँ म त्यो चोखो प्रेममा...

सोमबारको दिन थियो, कार्तिक ८ गते सानो काम परेर काठमाडौँ आएको म काम सकेर घर फर्कन लागेको थिए। साँझको ४  बजे गुल्मी जाने नाइट गाडीको टिकट काटिसकेको थिएँ। करिब आधा घण्टाको पर्खाईपछी तम्घासको गाडी आयो र म मेरो टिकट अनुसारको सिटमै गएर बसेँ। 
मेरो साइडमा भने कोहि थिएन । एक्कैछिन पछि एउटि करिब १७/१८ बर्षकी तरुनी A3 को सिट भन्दै मेरो नजिकैको सिटमा आएर बसिन।
म अनयासै खुसी भएँ । ४:५५ मा हाम्रो गाडी कलंकीबाट छुट्यो। त्यत्तिकैमा उनले सोधिन-"दाजु हजुरको घर चाहिँ कहाँ हो नि" म- "गुल्मी चारपाला" अनि तिम्रो, उनी- तम्घास ..यस्तै औपचारीक कुराकानी हुँदै गयो ... तम्घासमै कक्षा १२ मा पढ्दै रहेछिन चेकअपको लागि काठमाडौ आएकी हुँ भनिन। किन के भएको छ भन्दा उत्तर दिन चाहिनन। बसमा सबै मानिस आ-आफ्नै धुन मा थिए। टिभीमा लोकदोहोरी चलेको थियो। त्यत्तिकैमा उनले आफ्नो ब्याग बाट Iphone 6+ झिकिन र तस्बिरहरु हेर्न लागिन ।मलाई पनि फेस्बुक चलाउन मन त लागेको थियो तर मेरो गोजिमा भने Nokia-१२०० मोडेलको मोबाइल थियो। उनको आईफोन सिक्स+ का सामुन्ने मलाई त्यो नोकिया झिकेर snake गेम खेल्न कता-कता अर्कै अनुभव भयो र फोन आयो भने झिक्न पर्ने डरले मैले गोजिमै मोबाईल अफ गरेँ।

एक्कैछिन हामीबिच मौनता छायो... घडिमा रातको ८ बजिसकेको थियो । सबै मानिसहरु सुत्ने तरखरमा थिए। उनी भने नारायण गोपालका बिरहका गित सुन्दै थिइन। त्यत्तिकैमा मैले सोधेँ- किन बिरहका गित सुनेको, प्रतिउत्तरमा उनले अल्लि मनिलो स्वर निकाल्दै केही भन्न खोज्दै थिइन तर गहभरी आँसु निकालिन र केही बोलिनन। मलाई अचम्म लाग्यो । उनको मुहारमा हेर्दा लाग्थ्यो कि उनी केही समस्यामा छिन । त्यसपछी उनले कुरालाई अल्लि अन्दै मोडिन र मेरो बारेमा र परिवारको बारेमा सोध्न लागिन। मैले पनि सम्पुण प्रश्नको उत्तर दिएँ। उनको कुरा बाट प्रस्ट हुन्थ्यो कि उनी एक साधारण नारी हुन। त्यसैले पनि होला उनिप्रती म जिस्केर कुरा गर्ने आँट गरिन। हामीबिच कुराकानी भने नरोकिकन भैरहेको थियो त्यसैले पनि समय बिताउन गाह्रो भएको थिएन। त्यत्तिकैमा उनले मनिलो मुहारमा हल्का हाँसो निकाल्दै "तपाईको गर्ल्फ्रेन्ड छ कि छैन?" भनेर सोधिन मलाई अचम्म लाग्यो र प्रतिउत्तर मा "छैन" भनेँ र तिम्रो ब्वाए फ्रेन्ड छ होला नि है भन्न नपाउदै उनले पनि छैन भनिन। त्यस्पछी भने हामी अल्लि जिस्कदै हासोमजाक गर्न लाग्यौ। रातको १० बजे रामनगरमा गाडिले खाना खान रोक्यो । हामी संगै खाना खान झर्न लाग्यौ । गाडिको ढोकाबाट झर्न खोज्दा उनी चिप्लिएर मेरो अंगालोमा आउन पुगिन। मलाई कता कता लाज लाग्यो र उनलाई लड्नबाट जोगाएकोमा पनि खुसी लाग्यो। त्यहा चिकन खाना खायौ र मुख चुठेर काउन्टरमा गएर पैसा दिन के लागेको थिएँ | उनले त पहिला नै पैसा दिइसकेकी रहेछिन र मेरो बापतको २५० उनलाइ फर्काउन खोज्दा उनले लिनलाई इन्कार गरिन। त्यसपछी हामी आफ्नै सिटमा आएर बस्यौँ । सायद उमेरको दोसले होला कता कता उनी मेरो मनमा पनि बसिसकी थिइन। गफ गर्दै जाँदा उनले तपाईको मोबाईल देखाउनु न भनिन तर मलाई मेरो nokia झिक्न मनले मानेन र प्रतिउत्तर मा मोबाईल switch off भएर ब्यागमा छ भनेँ। साएद म पनि उनको मन मा बसेछु क्यार। उसोभए तपाईको मोबाईल नम्बर दिनु भनिन, मलाई कता-कता खुसी लाग्यो र मेरो नम्बर दिएँ । त्यत्तिकैमा फेस्बुकमा पनि उनले मलाई request पठाईन। गाडी तिब्रगतीमा चलिरहेको थियो र सोही संगै हाम्रो गफ पनि। रातिको २:३० बजेको थियो सबै मानिस मस्त निन्द्रामा थिए। त्यत्तिकैमा उनले मलाई प्रपोज गरिन।
पहिलो भेटमै केटीले प्रपोज गर्दा म के भनौँ र कसो गरौँ भयो। तर उनी उत्तरको पर्खाइमा थिइन। मैले ok भनेँ तर मनमा कता-कता संका र उपसंका गरेँ। तर उनको अनुहारमा हेर्दा लाग्दथ्यो कि उनी एक्दम सिरियस छिन । गफ निरन्तर चलिरहेको थियो । रातको समयमा पनि निन्द्रा पटक्कै लागेको थिएन। बिहान करिब ७ बजे गाडी गौडाकोटको घुम्टी आइपुग्यौ अर्थात मेरो झर्ने ठाउँ... म झर्ने क्रममा उनको अनुहारमा मौनता छायो र आखाँका इसाराले मलाई बिदा गरिन।
त्यहा बाट मेरो घर पुग्न १ घण्टा हिड्नु पर्दथ्यो । बाटो भरी अनेक कुरा खेलाउदै म घर पुगेँ। त्यस्पछी हामी दिनहुँ फोनमा र फेस्बुकमा कुरा गर्न लाग्यौ।
लक्ष्मी पुजाको दिन थियो.. म मोबाइल घरमै छोडेर गाउँमा तास खेल्न गएको थिए र साझ मोबाइल हेर्दा मलाइ अचम्म लाग्यो... उनको ५०ओटा मिस्कल थिए। तुरुन्तै मैले फोन गरेँ तर मोबाइल switch off रहेछ उनको। बाबाको मोबाईल मागेर फेस्बुक on गरेर msg गर्न खोजेको तर facebook पनि deactivate गरेकी रहेछिन। म धेरै दुखी भएँ। तिहारको भोलिपल्ट सम्म नि उनको मोबाइल off थियो। त्यसैले कार्तिक १९ गते म घरमा पनि नभनी उनलाई भेट्न तम्घास गएँ र उनले दिएकै ठेगाना नजिक गएर एकजना बएस्क मानिसलाई उनको घरको ठेगाना मागेँ तर उ उनकै छिमेकी रहेछ । उसका अनुसार उनलाई त मुटुको समस्या रहेछ र प्रत्यक महिना जचाउन काठमाडौ जानुपर्दो रहेछ। उसले त्यति भन्दा मेरा आँखा रसाएका थिए । लक्ष्मी पुजाकै दिन साझ उनी आत्तिएर उपचारको लागि काठ्मान्डौको टिचिंग अस्पतालमा लगिएको रहेछ।
सायद् पहिलो र चोखो प्रेम भएर होला मलाइ कतिबेला काठ्मान्डौ जाउँ र उनलाइ भेटुम भएको थियो । म बिरक्त भएर घर फर्किए र केही दिन पछि काठमाडौ आएँ र डाइरेक्ट उनलाई भेट्न भनी टिचिङ अस्पताल पुगेँ र उनको बारेमा रिसेप्सनमा सोधेँ। रिसेप्सनिस्टको उत्तर सुनेर म त्यही बेहोस हुन पुगेछु र बिउंझिदा त्यही अस्पतालको बेडमा थिए। म संगको पहिलो अनि चोखो प्रेमलाई उनले सदाका लागि अल्बिदा गरेर गईछन्।। - अश्विन अर्याल(गुल्मी चारपाला)