पश्चिम नेपाल केन्द्रित हुँदै 'अक्सिजन'

ज्ञवा संचार, असार, १८ | पश्चिम नेपालको बुटवल एबम आसपास क्षेत्रका आकर्षक स्थानमा काठमाडौँको अक्सिजन मिडीया प्रालीले दुइवटा गितको छायाँकन सकेको बताएको छ | बिनासकारी भूकम्पसंगै क्षतविक्षत बनेको काठमाडौँमा छायांकन अनुकुल नदेखिएपछी भूकम्प कम प्रभावित क्षेत्र पश्चिम नेपाल एबम मुलुकको सुन्दर एबम पर्यटन नगरी बुटवललाइ छायांकनको रोजाईमा पारेको प्रालिका म्यानेजिङ डाईरेक्टर विरेन्द्र ओली बताउछन् |
पश्चिम नेपालमा सुन्दर ठाउँ एबम आकर्षक पर्यटन स्थल देखेर लोभिएको छायांकन टोलिले पुन: दुईवटा गितको छायाँकनको तयारीमा लागेको बताएको छ | निर्माणको तयारीमा रहेका दुइ गितको छायांकन सकेर प्रालि फेरी काठमाडौँ फर्कनेछ |
निर्माण सम्पन्न दुइ गित ‘भेट्नै भयो धौं र सोचेको थिए जिवनभरी’ को निर्देशन सुजन न्यौपानेले गरेका छन् | क्यामेराबाट टंक केसीले साथ दिएका छन् भने अभिनयमा विरेन्द्र ओली, साजन ओली, अन्जना राना, दिप्सा पराजुली, लक्ष्मी पोखरेल लगायतका साथ रहेको छ । मेकअप तर्फभने बुटवलका युवा दिनेश कुमार श्रेष्ठले साथ दिएका छन् |
व्यानर स्थापनाको दुईवर्षमै झण्डै ६० वटा लोक, आधुनिक गितका म्युजिक भिडीयो तथा ठुलो पर्दाको चलचित्र ‘टाईम नेभर कम व्याक’ निर्माण गर्न सफल अक्सीजन मिडिया प्रालि काठमाडौँका अन्य ठुला छायांकन मिडियासंग प्रतिस्पर्धी मानिन्छ |
अब निर्माण हुन लागेका म्युजिक भिडीयो पश्चिम दाङमा छायांकन हुने बताइएको छ | जसको लागि यसै क्षेत्रबाट नयाँ कलाकारको खोजी गरिने अक्सीजन मिडीया डाईरेक्टर ओली बताउछन |
अक्सिजन मिडीया प्रति पछिल्लो समय संगितकर्मीको आकर्षण निकै वढेको छ नि किन भन्ने प्रश्नमा डाईरेक्टर ओली भन्छन, –‘संगीतप्रेमीको चाहना अनुसार मिहेनत गरेर काममा केन्द्रित छौं, भबिस्य अझ सफल हुने सोचेर अघि बढेकोले हुनसक्छ |'