गोकर्ण प्रकास ज्ञवाली, असार २० । जलवायु परिवर्तनको असर न्युनीकरण अभियानमा सार्क क्षेत्रका युवाहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यले आयोजित सार्क स्तरिय युवा सम्मेलनमा एक गुल्मेली सहभागी हुने भएका छन् । युथ फर अर्थ नामक संस्थाको आयोजनामा भारतको हैदराबादमा जुलाई ८ देखि १२ सम्म हुन लागेको ‘वातावरण र जलवायु न्यायका निम्ति सार्क युवा सम्मेलन’ नामक सम्मेलनमा गुल्मीका सरोज अर्याल सहभागी हुृने भएका हुन् ।
अनलाइन माध्यमबाट पेश गरिएका आवेदन मध्येबाट प्रतिष्पर्धामा नेपालको तर्फबाट अर्याल छनौटमा परेका हुन् । ८ देशबाट छनौटमा परेका झण्डै ६० मध्ये अर्याल एक सहभागी हुन् । अर्याललाई साथ दिन चितवनका निरोज पौडेल र झापाका हरि पाण्डे पनि हैदराबाट जाँदै छन् ।
अर्यालले केही महिना अघि वातावरण र जलवायु संरक्षण लागी सचेतना अभियान लिएर मेची–महाकाली साइकल यात्रा समेत सम्पन्न गरेका थिए । सो यात्राको उद्घाटन प्रधानमन्त्री सुशिल कोइरालाले गरेका थिए । अनलाइन माध्यमबाट पेश गरिएका आवेदन मध्येबाट प्रतिष्पर्धामा नेपालको तर्फबाट अर्याल छनौटमा परेका हुन् । ८ देशबाट छनौटमा परेका झण्डै ६० मध्ये अर्याल एक सहभागी हुन् । अर्याललाई साथ दिन चितवनका निरोज पौडेल र झापाका हरि पाण्डे पनि हैदराबाट जाँदै छन् ।
अर्यालले आफू आइतवार भारत प्रस्थान गरेको जानकारी गराएका छन् । उनले उक्त सम्मेलनमा प्रभावकारी प्रस्तुती गर्ने अठोट लिएको बताउँछन् । उनले सम्मेलनमा सिकेको कुरा नेपालमा आएर प्रयोग गर्ने पनि बताए । काठमाडौंको त्रिचन्द्र कलेजमा विज्ञानका छात्र अर्यालले गिनिज बुक अफ रेकर्डसमा नाम लेखाउने महत्वकाङ्क्षा समेत लिएका छन् ।