६ असोज २०७२ काठमाडौं| शिक्षा क्षेत्रमा लामो समय देखि योगदान पुर्यायवापत एक
गुल्मेली युवा राजधानीमा सम्मानित भएका छन।
जगृती समाज नेपालद्दारा
राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित राष्ट्रिय नागरिक सेवा
सम्मान-२०७२ मा गुल्मी तम्घासका नवीन मरासिनी सम्मानित भएका हुन। ऊर्जा
मन्त्री राधा ज्ञबालीको प्रमुख अतित्थ रहेको उक्त कार्यक्रममा देशका
विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्यायबापत झण्डै २० जना युबा
व्यक्तित्व सम्मानित भएका थिए।
उक्त सम्मान कार्यक्रममा सम्मानित हुने
व्यक्तित्व मध्ये मरासिनी एक हुन। कार्यक्रममा बोल्दै उर्जामन्त्री राधा
ज्ञबालीले देशका प्रतिष्ठित एवं समाजसेवीलाई सम्मान गर्न पाएकोमा खुसी
व्यक्त गरिन। मन्त्री ज्ञबालीले नेपालको संविधान २०७२ को सबैलाई बधाई एवं
शुभकामना प्रदान गरिन। एक प्रसङ्गमा बोल्दै मन्त्री ज्ञबालीले नेपाली जनता
सार्वभौमसत्ता सम्पन्न रहेकाले कसैसङ्ग झुक्न चाहान्नन्। भारतलाई नेपालसङ्ग
मित्रवत व्यवहार गर्न समेत आग्रह गरिन। कार्यक्रममा सम्मानित गुल्मीका
मरासिनी लामो समय देखि शैक्षिक क्षेत्रमा कार्यरत छन।
पटक-पटक व्यवहारीक
शिक्षामा जोड दिने मरासिनी राजधानीको ब्लुमिङ्ग स्कर्लस एकेडेमीका संस्थापक
प्रिन्सिपल, नेपाल मेगा कलेजका प्रध्यापक एंव विभिन्न शैक्षिक संस्थामा
कार्यरत छन। साथै भुकम्प प्रभावित जिल्लामा सक्रियतापुर्वक समाजसेवामा
संलग्न भएका मरासिनी आफु बरिष्ट समाजसेवी भएको कुरा प्रमाणित गरिसकेका छन।