एकपलको सपनी -विजय ज्ञवाली

एकपलको सपनी 

सांच्चै मैले देखेको सपनी
यथार्थ वर्तमान झल्किने सपनी
यहाँ वहाँ चारैतर्फ
वार पार जताततै
चारै दिशातर्फ
उडिरहेको मनका
अनेकौं भावहरुमा
एक्कासी पोल्दछ भित्रभित्रै
अज्ञात डर र भयले
भयवित बनाउँछ भित्री मनलाई
अक्स्मात अभ्यस्त ब्याथाले
हरपलका समयका धारसंगै
धड्किरहन्छन मुटुका भल्वहरु
दौडिरहन्छन रक्तद्रव्यहरु
यत्रतत्र प्रयागहरु
फुलिरहन्छन प्रत्येक स्वासहरु
मातृभूमीको मायामा
उनैको सम्झनामा ।।
एकपलको सपनी
इतिहास देखि वर्तमानसम्म
र, अनिश्चित भविष्यको बारेमा
मातृभूमिकै यादहरुमा
वहकिरहेछन हरेक प्रणालीहरु।।
सुदुर क्षितिजतिर केहि अशान्त देख्तछु
दक्षिणको उर्लिंदो भेलसंगै
रोईरहेको देख्तछु, छाती पल्टाईकन
मातृभूमी नेपाललाई
निरीह अवस्थामा
जहाँ आफ्नै सन्ततिहरु उनैमाथी
उफ्रिरहेका थिए, नारावाजीमा थिए
काटाकाट गरिरहेका थिए
बम र बारुदले उनैको सम्पूर्णत्व
धूजा धूजा बनाईराखेका थिए
पहाडको काख मैदानलाई ।।
यसैविच आफैलाई सोधेछु
हिमाल, पहाड र तराई
इतिहासले बोकेको गौरव
मेचिदेखी कालीसम्म
यौटै स्वर्ग होईन र?
बिचबिचमै बडबडाउँछु
यौटै काख च्याँपी हिंड्छु
हिमाल, पहाड र तराईलाई ।।
अझै धेरै देख्तछु सपनीहरु
दक्षिण तर्फका थकित सिमाहरु
मैदान फाँटका वस्तीहरु र
वस्ति वस्तिका अंकुरित अंकुरहरु !
किन किन कल्पनै गर्न सक्तिन म
सपनी नै सम्झिन्न म
अर्थ निकाल्न असमर्थ म
मैदान फाँटको दृश्यको ।।
हिमाक मुस्काउँछ
पहाड गर्व गर्दछ
र तराई सौन्दर्यताको महकतामा
चम्किदिन्छ,
यसै स्वर्णिम भूमिबिचबाट
केही असामाजिक तत्व नामका
मुकुण्टेहरु
मतर्फ बढिरहेका छन
म नजिकै आईरहेका छन
म अझै अत्तालिईरहेको छु
हेर्छु जताततै उपद्र्व छ,
अशान्त छ
सन्नाटा छ ।।
सवैले नाजायज फाईदा उठाउन
मुठ्ठीहरु कंस्दैछन,
यसो सिमातिर नजर डूलाउँछु
दक्षिणका सिमाहरु
निरीह अवस्थामा
आफै आफै
अस्मिता गुमाएझैं
जेन तेन थामिएको देख्तछु ।।
यत्तिकैमा उक्त भिड
म माथी नै जाईलाग्छ
लत्याउँदै, घिसार्दै
लैजान्छ सिमापारतिर।।
तर म भने गुहारको चीत्कार
चित्काईरहेको हुन्छु
अलाप गर्छु, विन्ती चढाउँछु
उनिहरुको क्रूर पन्जाबाट फुत्किन
संघर्ष जारी राख्छु र
आवेशमै सोद्धछु,
"हिमाल, पहाड र तराई
यसै स्वर्णिम भूमिभित्र
हामी सवै गर्वसाथ
अटिदिए हुँदैन र ?"
तर , अहँ...
तयार छैनन छद्नभेषिहरु
बरु तयार छन मुकुन्टेहरु
सौन्दर्यता तोड्नलाई
आतुर छन लाठेहरु
अर्कैलाई सुम्पिदिन
र, कम्मर कंसिरा`छन
देशद्रोहिहरु
भत्काईछड्नलाई
यौटा भूगोल !
म अझै त्राही त्राही थिएँ
अलिकति बाँच्ने आशमा
आँखाभरी आँसु लिई
सराप्दै थिएँ तिनै कपूतहरुलाई
तिनै विखण्डनकारीहरुलाई
र, तिनै परजीवीहरुलाई ।।
अनि संघर्षको मैदानबाटै
एकाएक चिच्याउन पुगेछु
झल्यास्स बिउँझिराखेको रहेछु
मुटु धक धक धड्किराखेको रहेछ
असिन पसिन शरीर
सिरानीमा घोप्टो परेको म
तैपनी ठूलो स्वरमा कराएछु
आमा....मेरो नेपाल.......
अनि क्रुद्ध भै जंगिएछु
बिखण्डनकारी होशियार !!
८ शुक्रबार २०७२ ।