मोदीको पाप मोचनको लागी पशुपतिनाथमा क्षमापुजा

काठमाडौं । नाकाबन्दी गरी नेपालीलाई हदैसम्म दुःख दिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पाप मोचनको लागि भन्दै हिन्दुहरुको अराध्यदेव पशुपतिनाथ मन्दिरमा क्षमा पूजा गरिएको छ । हास्य कलाकारदेखि लेखक, पत्रकारसम्म पशुपति पुगी व्याग्यात्मक रुपमामोदीले दुःख दिएको भन्दै उनको पाप मोचन गर्नकै लागि क्षमा पूजा गरिएको उनीहरुको भनाई छ ।
 पूजामा हाँस्य कलाकार मनोज कलाकार नरेन्द्र मोदीको भेषमा देखिएका थिए । पूजामा कलाकारहरु हरवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, पूर्व मुख्य सचिव लिलामणि पौड्याल, पत्रकार कनकमणि दीक्षितसहित सयौंको संख्यामा सर्वसाधारणहरु पुगेका थिए ।
पशुपतिमा विधिपूर्वक नै पूजा गरिएकाे थियाे । माेदी नेपाल अाएका भेला पशुपतिमा बुधबार भारतीय दुतावासले तेल मागेको भन्दै सांकेतिक विरोध स्वरुप ट्वीटर फेसबुक प्रयोगकर्ताहरु तेल दिन भन्दै भारतीय दुतावास पुगी प्रदर्शन गरेका थिए । भारतले भूकम्पको असरपछि समस्यामा परेको नेपाललाई नाकाबन्दी गर्दै दैनिक जीवन नै अस्तव्यस्त बनाइदिएपछि भारतविरोधी जनमत यसरी सडक र सार्वजनिक स्थलमा देखिन थालेको छ ।- photo: Nagrik Dainik